धितोपत्र बोर्डले कोषमा ५० लाख दिने, ब्रोकर पनि सहयोगमा जुट्दै



काठमाडौैं । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सरकारले कोष बनाएपछि विभिन्न निकायबाट सहयोग जुटन थालेको छ । धितोपत्र बोर्डका साथै धितोपत्र दलाल व्यवसायीहरुले समेत सहयोग सुरु गरेका छन् ।

कृष्टल कञ्चनजंघा सेक्युरिटिजले पनि कोषमा १ लाख रूपैयाँ उक्त काेषमा सहयोग गर्ने  भएकाे छ । ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका कृष्टल कञ्चनजंघा सेक्युरिटिजक्तका सञ्चालक प्रियराज रेग्मीले आफूले उक्त कोषमा १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सन्जाल फेसबु्कबाट यस्ताे घाेषणाा गरेका हुन् ।

सरकारले उक्त कोषमा सहयोग गर्न चाहनेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता नै खोलेको छ । उक्त बैंकको खाता नम्बर १९६०००००११०१ रहेको छ । कोषमा हालसम्म राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुले एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेका छन् ।

यस्तै नेकपामा राष्टिय र प्रतिनिधि सभा तथा संसदीय दलका नेताहरुको तर्फबाट आधा महिनाको तलब उक्त कोषमा सहयोग गर्ने निर्णय गरिसकेका छन् । यो खातामा सर्वसाधारण जनताले पनि पैसा जम्मा गर्न सक्नेछन् ।


क्लिकमान्डु