राष्ट्रिय वाणिज्य बैंकले काेराेना राेकथामका लागि सरकारलाई १ करोड ५० लाख दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैया दिने भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकले काेराेना भाइरसबाट उत्पन्न हुनसक्ने जाेखिम न्यूनिकरण गर्न सरकारलाई १ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेकोे हो ।

साेमबार साँझ बसेकाे बैंक सन्चालक समितिकाे बैठकले यस्तो निर्णय गरेकोे हाे ।

‘बैंककाे  सोमबार साँझ बसेकाे सन्चालक समितिकाे बैठकले काेराेनाकाे राेकथामका लागि सरकारलाई डेढ कराेड दिने निर्णय गरेको छ’ वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठले क्लिकमान्डुसँग भने ।

विभिन्न बैंक तथा वित्तीय संस्था तथा अन्य संघ संस्थाले काेराेनाकाे राेकथामका लागि धमाधम सहयाेगकाे घाेषणा गरिरहेका छन् ।


क्लिकमान्डु