एक साताका लागि आन्तरिक उडान पनि बन्द



काठमाडौं । सरकारले मंगलबारदेखि एक साताका लागि लक डाउन गर्ने निर्णय गरेसँगै आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार सरकारले  सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि चैत १० गतेदेखि लामो दुरीका यातायात बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले एक साताका लागि अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सवारी साधन चलाउन समेत रोक लगाएको छ ।


क्लिकमान्डु