प्राधिकरणले रोक्यो मिटर रिडिङ्ग, फोनबाट मिटरको अंक टिपाउन सकिने



काठमाडौं । नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले विद्युत महशुल संकलन काउण्टर एवं मिटर रिडिङ्ग कार्य बन्द गर्ने जनाएको छ ।

विश्वभर फैलिदै गएको कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्धेश्यले मानिसहरुको भिडभाड कम गर्न सरकारबाट आव्हान भए अनुरुप प्राधिकरणका सम्पूर्ण विद्युत महशुल संकलन काउण्टरहरु मिति आज (सोमबार) देखि २१ गतेसम्म बन्द हुने भएको छ ।

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उक्त अवधिभर मिटर रिडिङ्ग कार्य समेत स्थगन गरिएकोले यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाको लागि प्राधिकरण क्षमा प्रार्थि छ ।

ग्राहकहरुले आफ्नो विद्युत मिटरको अंक टेलिफोनबाट सम्वन्धित कार्यालयमा टिपाउन सकिने र अनलाईन सेवामार्फत महशुल भुक्तानी गर्न सकिने जनाएको छ ।


क्लिकमान्डु