कोरोना प्रभाब : कैलालीमा अनिश्चितकालिन कर्फ्यु



काठमाडौं। कोरोनाको जोखिम न्युनिकरणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेपछि अनिश्चितकालीन कर्फ्यू लगाउने भएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिमा भिडभाड नगर्न नपाउनुका साथै सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध हुने बताइएको छ ।

कफ्र्यु अवधिमा अत्याबश्यक बाहेक सबै सेवा सुविधा बन्द रहने जिल्ला प्रशासनले स्पष्ट पारेको छ ।

भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि त्यसले कोरोनाको संक्रमणको सम्भावना बढेको भन्दै आलोचना हुँदै आएको थियो ।


क्लिकमान्डु