अर्घाखाँची जिल्ला लकडाउन गर्ने निर्णय, यस्ता छन् लकडाउनका नियम र समयतालिका



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न अर्घाखाँची जिल्लालाई पनि लक डाउन गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले कोरोना भित्रिन नदिन विभिन्न नियमसहितको लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना सतर्कताको लागि जिल्ला प्रशासन कार्यालयले १० गते राति १२ बजे देखि लागू हुने गरि अर्को सुचना जारि नभएसम्म लकडाउन गर्ने भएको हो ।

यस्ता छन बैठकले लकडाउनका बेला लागु गर्ने गरी बनाएका नियमहरु ः

-दैनिक बिहान १० देखि २ बजे सम्म खाद्यान्न, किराना, ग्यास पसल मात्र खुल्ने

– विहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजे सम्म दूध,तरकारी तथा फलफूल पसल खुल्ने

-अस्पताल, औषधी पसल र पेट्रोलियम पदार्थ २४ घण्टा खुल्ला रहने

-अत्यावश्यक सामान ल्याउने मालबाहक सवारि साधन चल्न पाउने

-सबै खालका सवारि साधन पुर्ण बन्द हुने

-निर्माण कार्य पूरै बन्द हुने

-सम्पूर्ण बजार उद्योग, व्यवसाय पूर्ण बन्द रहने छन् ।


क्लिकमान्डु