नेप्सेका सिइओको हठले खुलेको सेयर बजारमा भारी गिरावट, साढे १९ करोडको मात्रै कारोबार



ockकाठमाडौं । सेयर लगानीकर्ता, धितोपत्र दलाल व्यवसायीको चाहना बिपरीत नेप्सेका सिइओ साउदले खोलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनको विरोधमा साउदले खोलेको बजारमा लगानीकर्ताले निकै गुमाएका छन् ।

नेप्से मापन गर्ने सूचक १८.२० अंकले घटेर १२५१.४५ बिन्दुमा रोकिएको छ । १२३ कम्पनीको ४ लाख ८० हजार ५२७ कित्ता सेयर १९ करोड ४६ लाख ४२ हजार ९८४ रुपैयाँको मात्रै सेयर कारोबार भएको छ ।

११ समूहको कारोबारमा बैंकिङ समूहको २७.१३, विकास बैंक १५.६७, उत्पादन तथा प्रशोधन २९.३, जीवन बीमा समूहको १०३.९८, माइक्रोफानान्स समूहको उपसूचक १७.९४ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको न । नेपाल लाइफको २ करोड ८१ लाख ७० हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक र हिमालयन डिस्ट्रिलरी रहेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, अपी पावर कम्पनी, सेन्ट्रल फाइनान्स, सिभिल लघुवित्त वित्तीय संस्था, सोल्टि होटलका लगानीकर्ताले कमाएका छन् भने गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु