आज साँझसम्म क्वारेन्टाइन सम्बन्धी मापदण्ड बनाउन पर्यटनमन्त्रीको निर्देशन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले सार्वजनिक क्वारन्टाइन स्थल सम्बन्धी मापदण्ड बनाउन निर्देशन दिएका छन् । आइतबार साँझसम्म मापदण्ड बनाउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको संयोजकत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलत टोलीले काम गर्नेछ ।

टोलीले प्रतिवेदन तयार बनाएपछि त्यसका लागि आवश्यक स्रोत साधन÷बजेट व्यवस्थापन योजना सम्बन्धि कार्य गर्न अर्थ मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास मन्त्रालय र ४ वटै सुरक्षा निकायका प्रतिनिधिले सोमबार बिहान १० बजे पेश गर्नेछन् ।


क्लिकमान्डु