बुद्ध एयरले घटायो अधिकतम भाडा दरको सीमा, कुन गन्तव्य जान कति ?



काठमाडौं । विमान कम्पनीहरुले महंगो भाडा लिएको भन्दै चर्को विरोध भएसँगै बुद्ध एयरले भाडा घटाएको छ । आइतबार विभिन्न ७ गन्तव्यको भाडा घटाएको जनाएको छ ।

शनिबार पर्यटनमन्त्रीले विमान कम्पनी सञ्चालकसँग बैठक गरी भाडा घटाउन आग्रह गरेका थिए । सोही अनुसार आइतबार बिहान बुद्ध एयरले भाडा घटाएको हो ।

बुद्ध एयरले जारी गरेको सूचनामा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटे पनि नेपाल सरकारले हवाई क्षेत्रलाई कुनै राहत नदिएको समेत उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ – विश्वबजारमा तेलको मूल्य प्रतिब्यारेल ७५ अमेरिकी डलर हुँदा पनि हामीले ९४.५० रुपैयाँमा प्रतिलिटिर हवाई इन्धन खरिद गरेका थियौं, गत मार्च १५ मा इन्धनको प्रति ब्यारेल अन्तर्राष्ट्रिय बजारमा ३४ अमेरिकी डलर पुग्दा निगमले ४.५० रुपैयाँ मात्रै घटाएको थियो । जसअनुसार हामीले तुरुन्तै भाडा समायोजना गरेका थियौं ।

साथै आज अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल २७.३ अमेरिकी डलर पुगेको छ, तर नेपालमा मूल्य घटाइएको छैन ।

विमान सञ्चालन गर्दा ४० प्रतिशत खर्च हवाई इन्धनमा हुने उल्लेख गर्दै एयरलाइन्सले यात्रुलाई राहत दिनका लागि मूल्य घटाइएको बताएको छ ।

नयाँ भाडा दर यस्तो छ ।

 


क्लिकमान्डु