लामो दूरीका सवारी साधन बन्द भए पनि आन्तरिक हवाई उडान बन्द नहुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गतेदेखि अर्को सूचना नभएसम्म लामो दूरीका सवारी साधन बन्द गरिने बताएका छन् ।

शुक्रबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो दूरीका सवारी साधनमा रोक लगाइएको बताए ।

तर लामो दूरी गर्ने यात्रुका लागि भने हवाई यातायातको विकल्प भने बाँकी नै छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भनेका थिए ।

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा अन्तर्गत हवाई सेवा पनि पर्ने भएकाले लामो दूरीको यात्राका लागि हवाई सेवा भने सूचारु हुनेछन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले चैत ९ गतेदेखि १८ गतेसम्म विदेशबाट नेपाल भित्रने अन्तर्राष्ट्रिय उडान भने रोक्ने जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणे रोकथामका लागि सरकारले अत्यावश्यक सेवाबाहेकका सेवा ९ गतेदेखि २१ गतेसम्मका लागि बन्द गरेको हो ।


क्लिकमान्डु