नेपाल एयरलाइन्सद्वारा भारतका विभिन्न गन्तव्यको उडान चैत १६ सम्म स्थगित



काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्ली, मुम्बई र बैंगलोरमा गर्दै आएको नियमित उडानहरु चैत्र ९ गतेदेखि लागू हुने गरी स्थगित गरेको छ ।

डाइरेक्टोरेट जनरल अफ सिभिल एभिएसन, भारतद्वारा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा जारी गरिएको सूचना अनुसार ती गन्तव्यको नियमित उडानहरु हाल चैत्र १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

चैत्र ९ गतेदेखि उडान स्थगित गरिएको अवधिभरका लागि टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने छ ।


क्लिकमान्डु