नेपाल बंगलादेश बैँकद्धारा महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई आर्थिक सहयोग



नेपाल बंगलादेश बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इमाडोल ललितपुर स्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई ५० हजार आर्थिक सहयोग गरेको छ ।

विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका लागि बैँकले सो रकम उपलब्ध गराइएको हो । यो सहयोगले विद्यालयमा महत्वपूर्ण सूचना प्रदान गर्नको लागि सहज हुने विद्यालयका प्रधान अध्यापक एक बहादुर भण्डारीले जानकारी गराए ।

यसका साथै बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैँकको लक्ष्य रहेको जनाएको छ ।


क्लिकमान्डु