नेपाल एयरलाइन्सको जापानको नारिता र दुबईको उडान चैत ३० सम्म स्थगित



काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिता र यूएईको दुवईमा गर्दै आएको नियमित उडान चैत्र ७ गतेको मध्यरातदेखि लागू हुने गरी स्थगित गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलको अध्यक्षतामा बुधबार बसेको कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार ती दुई गन्तव्यको नियमित उडान अर्को निर्णय चैत्र ३० गतेसम्मका लागि स्थगित गरिएको छ ।

चैत्र ७ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराउने निगमले जानकारी दिएको छ ।

यसका अतिरिक्त नियमित उडान चालु रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुहरुले उडानको एकदिन अघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइने छ । यात्रुहरुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको समेत जानकारी गराइएको छ ।


क्लिकमान्डु