सनराइज बैंकका ग्राहकले आइफोन र वान प्लस मोबाइल किस्तामा किन्न पाउने

क्लिकमान्डु २०७६ चैत ६ गते १७:५२ मा प्रकाशित

काठमाडौं । सनराइज बैंक र आइफोनको आधिकारिक बिक्रेता ओलिज स्टोर प्रालिबीच सम्झौता भएको छ ।

यस सम्झौता अन्र्तगत सनराइज बैंकका ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुक० लगायतका विद्युतिय उपकरणहरु शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरुले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रुपमा तिर्न सक्नेछन् ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य राखीे २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, १५४ एटिएम , १३० शाखाहरु, ९ वटा एक्सटेन्सन काउण्टर, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको यस सन्राइज बैंक कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो । यस योजनाले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सन्राइज बैंक प्रतिबद्घ रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स