सेयर कारोबार बन्द गर्न धितोपत्र बोर्ड सहमत



काठमाडौं । सेयर कारोबार बन्द गर्नको लागि धितोपत्र बोर्ड सहमत भएको छ । सेयर ब्रोकर संघ,लगानीकर्ताका संगठन तथा नेपाल स्टक एक्सचेन्जका प्रतिनिधिसँगको बैठकमा धितोपत्र बोर्डले कारोबार बन्द गर्न सहमत जनाएको हो ।

धितोपत्र बोर्ड पुगेका सरोकारवालाले बोर्ड अध्यक्ष भीष्मराज ढुंगाना समक्ष कोरानाको कारण तत्कालको लागि सेयर कारोबार बन्द गर्न सुझाव दिएका थिए ।

बोर्ड अध्यक्ष ढुंगानाले सबै सरोकारवालाबाट सेयर कारोबार बन्द गर्ने सुझाव आएको हुँदा सो अनुसार निर्णय गर्न सकिने बताए । सेयर कारोबार बन्द गर्ने निर्णय धितोपत्र बोर्डले लिने छ ।

बोर्डले सेयर कारोबार बन्द गर्न निर्णय भने अर्थमन्त्रालयसँग रायपछि लिने छ । सरोकारवालसँग लिएको सुझावलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा अर्थमन्त्रालयसँग सुझाव लिएर मात्र निर्णय गरिने बोर्डले जनाएको छ ।

बोर्ड अध्यक्ष भीष्मराज ढुंगानाले बजारलाई निश्चित समयसम्म बन्द गर्ने माग आएको र मन्त्रालयसँग राय लिएर निर्णय लिइने बताए ।


पुष्प दुलाल