१५ करोड बक्यौता नतिरेपछि विद्युत् प्राधिकरणले काट्यो रघुपति जुटमिलको विजुली



नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिलको बिजुली काटेको छ । मिलले डिटेकेटेड लाइनको १५ करोड ५५ लाख ६८ हजार रुपैयाँ वक्यौता नतिरेपछि बुधबार लाइन काटेको हो ।

मिलले गत कात्तिकसम्मको ११ करोड ९१ लाख रुपैयाँ ४४ किस्तामा तिर्ने सहमति गरेको थियो । प्रति किस्ता २७ लाख ६ हजार रुपैयाँ तिर्ने सहमति गरेको उद्योगले पैसा नतिरेपछि लाइन काटिएको प्राधिकरण विराटनगर वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए ।

अदालतले मिलको पक्षमा अन्तरिम आदेश नदिएपछि प्राधिकरणले रघुपति जुटमिलको लाइन काटेको हो ।

रघुपति जुटमिल गोल्छा अग्रनाइजेशन अन्तर्गतको कम्पनी हो ।


क्लिकमान्डु