पुनर्बीमा कम्पनीको आईपीओ मंगलबारदेखि, कति दिन पाइन्छ आवेदन ?



काठमाडौ । नेपाल पुनर्बीमा कम्पनीले मंगलबार (भोली) देखि १ करोड ६० लाख कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड ६० लाख कित्ता सेयर जारी गर्ने भएको छ । जसमा ७३ हजार ५०० कित्ता कर्मचारी, ८ लाख सामूहिक लगानी कोष र १ करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गर्ने भएको छ ।

लगानीकर्ताले पुनर्बीमा कम्पनीको सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने छन् । सेयरमा आवेदन दिनको लागि आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सकिने छ ।

यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ रहेको छ । उक्त सेयरको लागि छिटोमा चैत्र ७ गतेसम्म र ढिलोमा चैत्र १८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीको सेयरलाई इक्रा नेपालले ‘ग्रेड २’ रेटिङ दिएको छ ।


क्लिकमान्डु