सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने सुस्तायो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएपनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन ।

कारोबारको सुुरु देखि नै बजारमा निकै उतार चढाव देखिएको थियो । अन्तिम समयमा आएर ३.३५ अंकले बढेर १३१६.३९ बिन्दुमा रोकिएको छ ।

१८० कम्पनीको ४१ लाख ९१ हजार ४१५ कित्ता सेयर १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८७७ रुपैयाँको कारोबार भएको छ ।

१२ वटा समूहको कारोबारमा बैंकिङ १.१ अंकले बढेको छ भने निर्जीबन बीमा ५३.८४, माइक्रोफाइनान्स २३.२२, जीवन बीमा कम्पनी समूहको उपसूचक ४८.७८ अंकले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको १५ करोड ४० लाख ८९ हजार २५३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेको छ ।

सिभिल लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, राधी हाईड्रोपावर डेभलपमन्ट कम्पनीका लगानीकर्ताले कमाउँदा यूनिलिभर नेपाल, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, माउन्टेन हाईड्रो नेपाल, राधी विद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु