विजयश्री स्टिलले ४ अर्ब रुपैयाँ ऋण लिन रेटिङ गरायो



काठमाडौं । विजय श्री स्टिलले ४ अर्ब रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर नेपालले गरेको रेटिङमा कम्पनी ए ४ रेटिङ पाएको छ ।

बैंकको बढ्दो ब्याजदर, कच्चा पदार्थमा भएको मूल्यवृद्धि, विदेशी मुद्रामा आएको उचारचढावका कारण घाटा नोक्सान बढ्दै जाँदा कम्पनीले ४ अर्ब १ करोड ४० लाख रुपैयाँको ऋणका लागि रेटिङ गराएको हो ।

सिमेन्ट उत्पादन र ट्रेडिङ बिजनेसमा काम गरिरहेको कम्पनीले मुलुकमा बढ्दो स्टिलको मागलाई ध्यानमा राख्दै कम्पनीले रेटिङ गराएको हो । कम्पनीले मुलुकमा वर्षेनि १० प्रतिशतले स्टिलको माग बढ्दै जाने समेत अनुमान गरेको छ । खासगरी भूकम्पपछि सरकारले पूर्वाधार निर्माणको काम तीव्र भएको यसको माग बढ्ने कम्पनीको विश्वास छ ।

कपिलवस्तुको शिवराजमा कम्पनीको प्लान्ट भारतको सीमा बहरनीदेखि ११ किलोमिटर दूरीमा अवस्थित छ । साथै सुनौलीदेखि ९८ किलोमिटरको दूरीमा छ । भारतीय सीमा नजिकै भएकाले कच्चा पदार्थ अन्य प्रतिष्पर्धी कम्पनीको तुलनामा सस्तो मूल्यमा आयात गर्न सकेको समेत उल्लेख गरेको छ ।

सन् २०१७ फेब्रुअरी २३ मा स्थापना भइ टीएमटी बार उत्पादन गरिरहेको कम्पनीले अन्य व्यवसायमा समेत हाल हालेको छ । कम्पनीले भारतबाट कच्चा पदार्थ ल्याउँदै आएको छ । हाल कम्पनीले प्रत्येक टीएमटी ७०० एमटीबार उपलब्ध गराउँदै आएको छ ।

विगत ३० वर्षदेखि क्रियाशिल रहेको विजय ग्रुप अफ कम्पनीले सिमेन्ट आयात तथा उत्पादन गर्दै आएको छ । भने ब्याट्री उत्पादन, बिटुमिन आयात, ट्रेडिङ, कृषि तथा शिक्षा क्षेत्रमा समेत लगानी गरेको छ ।

कम्पनीले अहिले बिजय सिमेन्ट प्रालिमार्फत दैनिक ९०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनीका हाल मुलुकभर ४०० डिलर छन् ।

कम्पनीका बोर्ड अफ डाइरेक्टरमा अध्यक्ष विकास केडिया छन् भने निर्देशक प्रदीप अग्रवाल छन् ।


पुष्प दुलाल