गभर्नर नियुक्तिमा राजनीतिकरण हुनथाल्यो, सिफारिस समिति औपचारिकता मात्रैः संस्थापक गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर जबराले पछिल्लो समय गभर्नर नियुक्तिमा चरम राजनीतिकरण हुन थालेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा राष्ट्र बैंकका लागि भावी नेतृत्व विषायक भन्ने कार्यक्रममा उनले यस्तो बताए ।

आफु २/३ पटक गभर्नर सिफारिस समितिमा बसेको सुनाउँदै उनले भने, ‘गभर्नर सिफरिस समिति औपचारिकताका लागि मात्रै हो । दुई दिन अगाडी समिति बनेर एक-दुई वटा बैंठक बसेपछि आफु अनुकुलको व्यक्ति सिफारिस हुने गरेको छ । अहिले त्यस्तो नहोस् ।’

विगतमा अर्थसचिव भैसकेको अथवा अर्थशास्त्रमा नाम चलेको व्यक्ति मात्रै गभर्नर हुने गरेकोले राष्ट्र बैंकले सहि नेत्तृव पाउन गरेको तर अहीले परिस्थिति फेरिएको उतले बताए ।

आफु पनि अर्थसचि भएकै आधारमा प्रथम गभर्नर नियुक्त भएको भन्दै उनले पछिल्लो समय गभर्नर नियुक्तीमा राजनितिकरण बढ्दै गएको दाबी गरे ।

यद्यपी अहिले राष्ट्र बैंकको जग बलियो भएकोले जस्ता व्यक्ति आएपनि त्यसले असर नगर्ने उनले बताए ।

पहिले गभर्नरको एक निर्णय हुने गरेको अहिले कुनै पनि डेपुटी गभर्नर र गभर्नरले एकल निर्णय नगर्ने भएकोले निर्णयमा ढिलाई भने भएको उनको भनाइ छ ।

‘राष्ट्र बैंकको गभर्नर नाम चलेको, बैंकिङ क्षेत्रले आदर र विशवास गर्ने र अर्थशास्त्र तथा वित्तीय क्षेत्रको राम्रो ज्ञान भएको व्यक्ति गभर्नर हुनुपर्छ,’ उनले भने, ‘विश्व बैंक अन्तराष्ट्रिय मुद्रा कोष र एशियाली विकास बैंक जस्तो दातृ निकायलाई विश्वासमा लिन सक्ने र उनिहरु समक्ष नेपालको कुरा अडान लिएर राख्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ ।’

गभर्नरको उत्तरदायित्व जिम्मेवारी गहन भएको उनको बझुाइ छ ।


पुष्प दुलाल