प्रधानमन्त्रीले ओलीले भने- कोरोना भाइरसविरुद्ध लड्न नेपाल तयार छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्ध लड्न नेपाल तयार रहेको बताएका छन् ।

आइतबार साँझ सार्क राष्ट्रका प्रमुख र प्रतिनिधिसँग भिडियो कन्फरेन्समार्फत् कुरा गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसका विरुद्ध नेपालले गरिरहेको प्रयास जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले हालसम्म एक जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको र हाल निको भइसकेको बताए । उनले कोरोन भाइरसको प्रवेश हुन नदिनका लागि सरकार लागी परेको बताउँदै आफू पनि यसका लागि सक्रियता देखाएको बताए ।

राष्ट्रिय स्तरमा काम गरिरहेका छौं भने बहुस्तरमा सहकार्य गरी काम भइरहेको समेत जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले विदेशी यात्रु तथा गैरआवासीय नेपालीलाई नेपाल प्रवेश गर्नमा रोक लगाएको बताए । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पनि बन्द गरेको बताउँदै स्थलमार्ग हुँदै तेस्रो मुलुकबाट आउने विदेशी नागरिकका लागि समेत रोक लगाइएको बताए ।

अन्तर्राष्ट्रिय यात्रुका लागि विमानस्थलमा स्वास्थ्य परीक्षणमा कडाइ गरिएको बताउँदै ओलीले विदेशबाट आउने यात्रुलाई १४ दिनको सेल्फ क्वारेन्टाइनमा समेत राखिएको बताए । उनले हिमाल आरोहरणको अनुमति खारेज गरिनुका साथै अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि खारेज गरिएको उनले बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा भएको भिडियो कन्फेन्समा राष्ट्र प्रमुख तथा प्रतिनिधिले प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको समेत कामना गरेका थिए ।


क्लिकमान्डु