काम नगर्ने पर्यटकीय गन्तव्यमा बजेट रोक्न पर्यटनमन्त्री योगश भट्टराईको निर्देशन



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले हरेक प्रदेशमा पर्यटन सूचना केन्द्र स्थापना गर्न सुझाव दिएका छन् ।

आइतबार सबै प्रदेशका पर्यटन सचिव र महानगरपालिकाका प्रतिनिधि सम्मिलित कार्यक्मलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटकलाई एकीकृत सूचना केन्द्र आवश्यक रहेको बताए ।

उनले सबै प्रदेशमा पर्यटक सूचना केन्द्र बनाउने ताकी एकै ठाउँबाट समग्र प्रदेशको पर्यटनबारे जानकारी एकै ठाउँबाट पाइने बताए । यसमा तीन वटै तहबाट लगानी र सञ्चालन गर्न पनि सकिने उनले बताए ।

उनले भौतिक प्रगती भएका र नभएका पर्यटकीय गन्तव्यको मूल्यांकन गरी बजेट बिनियोजन गरिनुपर्ने उनले बताए । सरकारले २ वर्ष अघि मुलुकभर १०० वटा पर्टयकीय गन्तव्य छनोट गरी बजेट बिनियोजन गरेको थियो । उनले काम भएका गन्तव्यलाई थप बजेट दिनुपर्ने भन्दै कामै नगर्ने वा कम काम भएका गन्तव्यलाई अब अगाडि नबढान र बजेट रोक्न सुझाव दिए ।

उनले पर्यटनको विकासका लागि प्रदेशहरुमा हिल स्टेसनको अवधारणामा जान सकिने बताए । कार्यक्रममा प्रदेश नम्बर ३ ले ८ वटा हिल स्टेसन निर्माण गरिरहेको जानकारी गराएको थियो । मन्त्री भट्टराईले यसका लागि पर्यटनका ठूला आयोजनामा लगानी बढाउन सुझाव दिए । यसले रोजगारी सिर्जना गर्छ भने यसले आर्थिक बृद्धिदरमा पनि सहयोग गर्ने उनले बताए ।

साथै उनले सबै योजनाहरु दीर्घकालीन हुनुपर्नेमा जोड दिए । ‘अब जति पनि योजना बनाइन्छ ती सबै दीर्घकालीन हुनुपर्छ, उनले भने, ‘मुलुक राजनीतिकसँगै हरेक तवरले स्थायित्व भएकाले सोही अनुसारले काम गर्नुपर्छ ।


क्लिकमान्डु