माछापुच्छ्रे बैंक छाडेर कृष्ण सुवेदी नविल बैंक जाने



काठमाडौं । बैंकर कृष्ण सुवेदी माछापुच्छ्रे बैंक छाडेर नविल बैंक जाने भएका छन् ।

माछापुच्छ्रे बैंकको म्यानेजर रहेका सुवेदीको राजीनामा गत शुक्रबार स्वीकृत भइसकेको छ । माछापुच्छ्रेमा उनले लायविलिटी म्यानेजरको रुपमा मार्केटिङ विभाग हेर्थे ।

नविल बैंकमा पनि उनी म्यानेजर पदमै मार्केटिङ हेर्ने जिम्मेवारीका साथ जाने भएका हुन् ।

मार्केटिङ गरेको १८ वर्षको अनुभव भएका सुवेदीले १० वर्ष बैंकिङ क्षेत्रमा काम गरे । गत साउनमा उनी एनएमबि बैंक छाडेर माछापुच्छ्रे गएका थिए ।

८ वर्ष कोकाकोला कम्पनीको मार्केटिङ गरेको सुवेदी त्यसपछि एनएमबि बैंकमा जागिर खान आएका थिए ।

समान पद भएपनि माछापुच्छ्रेको तुलनामा नविल बैंकमा तलबभत्ता तथा सेवा सुविधा निकै राम्रो भएकाले सुवेदीले नविल रोजेका हुन् ।


पुष्प दुलाल