नेप्से साइटमा लाइभ ट्रेडिङ डाटा देखिएन, यस्ताे गर्नुहाेस



काठमाडौं । पुतलीसडकमा इन्टरनेटको तारमा देखिएको अवरोधका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लाइभ डाटा नदेखिने भएको छ ।

नेप्सेले सूचना जारी गर्दै उक्त फाइबर लिंक नबनेसम्म उक्त डाटा नदेखिने जनाएको छ ।

नेप्सेका अनुसार पुरानो साइटमा डाटा देखिन समस्या भएपनि नयाँ साइटमा भने डाटा देखिने छ । त्यसको लागि लगानीकर्ताले www.nepalstock.com.np मा हेर्न सक्नेछन् ।

नेप्सेले आज (आइतबार) देखि दैनिक ५ घन्टा अर्थात ११ बजेदेखि ४ बजेसम्म कारोबार सुरु गरेको छ ।


क्लिकमान्डु