शाइन रेसुङा डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । मर्जर भएर राष्ट्रियस्तरको विकास बैंकमा स्तरउन्नती भएको शाइन रेसुङा डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

अहिले कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोड रुपैयाँमा बैंकले सो बोनस दिन लागेको हो । बोनस सेयर दिएपछि शाइनको चुक्ता पूँजी ३ अर्ब कट्ने छ ।

मर्जर अगाडि कायम भएका सेयरधनीलाई यो पटक लाभांश लाग्दैन । त्यसपछि कायम भएका सेयरधनीले भने आफै बोनस सेयरमा लाग्ने लाभकर तिनुपर्ने बैंकले जनाएको छ । राष्ट्रियस्तरको शाइन बुटवलमा मुख्यालय भएको विकास बैंक हो ।


क्लिकमान्डु