सरकारद्वारा हिमाल आरोहणको अनुमति स्थगित, चीनले पनि उत्तर दिशाबाट सगरमाथा चढ्न रोक्यो



काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न पर्वतारोहणका लागि समेत दिएको अनुमति स्थगित गरेको छ ।

बिहीबार सरकारले गरेको निर्णय अनुसार वसन्त ऋतुका लागि जारी गरिएको र जारी गरिने अनुमति पत्र तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । नेपालमा खास गरी २ सिजनमा पर्वतारोहण गर्ने चलन छ ।

जसमध्ये सबैभन्दा धेरै वसन्त ऋणमा पर्वतरोहणका लागि विदेशीहरु नेपाल आउँछन् ।

सरकारले सन् २०१९ मा वसन्त ऋतुको समयमा मात्रै हिमाल आरोहणबाट ४६ करोड रुपैयाँ रोयल्टी संकलन गरेको थियो । त्यस्तै,सन् २०१८ मा ३४ करोड रुपैयाँ रोयल्टी संकलन गरिएको थियो ।

पर्वतारोहणका लागि ८ हजारभन्दा अग्ला हिमाल नेपालमा ८ वटा छन् । सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर बुझाउनुपर्ने भने नेपाली नागरिकले ७५ हजार रुपैयाँ रोयल्टी बुझानुपर्छ ।

सरकारले हालसम्म हिमाल आरोहणका लागि ४१५ वटा हिमाल खुला गरेको छ । नेपालमा आरोहणयोग्य १ हजार ३०० भन्दा बढी हिमाल छन् ।

त्यसका लागि सरकारले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन समारोहलाई २१ मे महिनासम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ ।

साथै चीन सरकारले पनि तिब्बततर्फबाट सगरमाथा आरोहरण गर्नका लागि अनुमति नदिने भएको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि उक्त निर्णय गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।


क्लिकमान्डु