सेयर बजारमा उच्च गिरावट, कारोबार रकम २ अर्ब बढी



काठमाडौं । साताको अन्तिम कारोबार दिनमा सेयर बजारमा दोहोरो अंकको गिरावट आएकोे छ । नेप्से मापन गर्ने सूचक ४५.९१ अंकले घटेर १३७७.१८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले घटेर २९५.५० बिन्दुमा रोकिएको छ ।

१८२ कम्पनीको ५६ लाख ८६ हजार ६८१ कित्ता सेयर २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रुपैयाँको सेयर किनबेच भएको छ ।

१२ वटा उपसमूहको कारोबारमा बैंकिङ ४०.४२, होटल ९२.६७, जलविद्युत कम्पनी ३२.९१, उत्पादन तथा प्रशोधन समूहको ७६.२५, निर्जीबन बीमा ३१७, जीवन बीमा २३७.३, माइक्रोफाइनान्स समूहको उपसूचकमा ८९.६३ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

नेपाल लाइफको १९ करोड ८२ लाख १५ हजार ४६८ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र एनएमबी बैंक रहेको छ ।

श्री इन्भेष्टमेन्ट फाइनान्स दिब्यश्वरी हाईड्रोपावर, नबिल ब्यालेन्स फण्ड–२ का लगानीकर्ताले कमाउँदा स्वाभिमान लघुवित्त वित्तीय संस्थाको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ । यस्तै राधी विद्युत कम्पनी, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, बोटलर्स नेपाल (तराई)का लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु