सांसद पौडेलको प्रश्न- टुरिस्ट भिसामा आएर कन्सलटेन्सी गर्नेलाई के गर्ने ?



काठमाडौं । सांसद बिमला राई पौडेलले टुरिस्ट भिसामा नेपाल आएर कन्सलटेन्सी गर्नेलाई के गर्न सकिन्छ भन्दै प्रश्न उठाएकी छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै पौडेलले अध्यागमन ऐन विधेयक संशोधनका क्रममा बोल्दै पौडेलले टुरिस्ट भिसामा नेपाल आएर कन्सलटेन्सी काम गर्नेहरुको संख्या ठूलो रहेको बताइन् ।

‘तीन महिनाको टुरिस्ट भिसामा आर मजाले काम गरेर जाने प्रवृति छ, ठूलो जमात छ यसलाई नियमन गर्ने अनेकन कानून छन, सोही अनुसार काम हुनुपर्यो,’ उनले भनिन् ।

उनले एउटा प्रयोजनका लागि भिसा लिएकाले अर्को प्रयोजन गरेको पाइयो भने त्यो दुरुपयोग भएको मान्ने वा नमान्ने र कसुर मान्ने किन नमान्ने त्यो बिचार पुर्याउनु पर्ने बताइन् । उनले अध्यागमन कार्यालयमा सुशासन समेत आवश्यक रहेको बताइन् ।

उनले ४/५ वर्ष अघिको अध्यागमनमा आफूले भोगेको घटना सुनाउँदै आफूमाथि भएको घटना सुनाइन ।

‘४/५ अघिको कुरा हो, त्यतिबेला स्वीस एम्बेसीमा काम गर्थे । केही कामले विदेश जानु पर्ने थियो, विमानस्थलका अध्यागमन अधिकृतले मेरो नाम सरर पढ्नु भयो र बाहुन केटा नपाएर राईसित किन बिहे गरेको भनेर सोध्नु भयो, मैले तपाईको सरोकारको विषय होइन भन्दै अघि बढे,’ उनले भनिन् ।

उनले अध्यगमनमा कर्मचारीहरुलाई पनि मर्यादित बनाउनु पर्ने बताइन् ।


क्लिकमान्डु