सेयर बजार बन्द गर्न सांसद्को माग: अल्छी बनाउने सेयर बजारले देशको विकास हुँदैन



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सेयर बजार बन्द गर्नुपर्ने माग उठेको छ ।

नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनाउने भन्दै यसलाई बन्द गरेर व्यक्तिलाई परिश्रम गर्नेमा जोड दिनुपर्ने बताए ।

प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै सांसद् सुवालले धितोपत्र विधेयक संविधानको समाजवाद्को भावना अनुसार नआएको भन्दै सेयर बजार उत्पादनमुलक नभएको बताए ।

उनले धनीलाई मात्र केन्द्रीत गरेर यो विधेयक आएको बताए ।


क्लिकमान्डु