लुम्बिनीको वृहत्तर विकास गरिनेछ: मन्त्री भट्टराई   

क्लिकमान्डु २०७६ फागुन २८ गते १५:३७ मा प्रकाशित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको वृहत्तर विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् ।
लुम्बिनी परिषद्को बैठकलाई आज सम्बोधन गर्दै उनले लुम्बिनीको विकासका लागि धेरै अध्ययन भएकाले तिनै अध्ययनका आधारमा लुम्बिनीको विकास गरिने बताए ।  नेपाल चिनाउने स्थल लुम्बिनी भएको उल्लेख गर्दै मन्त्री भट्टराईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

लुम्बिनी नेपालको प्रमुख पर्यटकीय क्षेत्र भएकाले यसको विकास गरेर पर्यटकलाई आकर्षित गरिने उनको भनाइ थियो । लुम्बिनी कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी नेपालको गौरव भएकाले यसको विकासले मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने बताए ।  बैठकले परिषद्को वार्षिक समीक्षा, योजना तथा आगामी वर्षका लागि बजेट तयार पर्नेछ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स