भोलिदेखि नेपाल एयरलाइन्सले दोहा उडान स्थगित गर्ने, टिकटको पैसा फिर्ता लिन आग्रह



काठमाडौं । नेपाल वायुसेवा निगमले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनिकरण गर्न विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएकाले उडान स्थगित गरिएको हो ।
प्रतिवन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ ।

२०७६ फागुन २६ गते र सोभन्दा पछिका उडानका टिकट खरिद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने छ । साथै टिकटको उडानको मिति २ पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

नेपाल वायुसेवा निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।


क्लिकमान्डु