सेयर बजारमा दोस्रो सर्किट, बजार ५% ले घट्दा ४० मिनेट कारोबार स्थगित



काठमाडौं । सेयर कारोबार सुरु भएको साढे २ घन्टामा दोस्रो नकारात्मक सर्किट लागेको छ ।

पहिलो सर्किट ११ बजेर ५९ मिनेटमा सर्किट लागेको थियो । पहिलो सर्किट पनि २० मिनेट कारोबार बन्द भएर खुलेको १२ मिनेटमा नै दोस्रो सर्किट लागेको छ । बजार ५ प्रतिशतले घटेपछि बजार ४० मिनेटको लागि बन्द भएको छ ।

बजार ५ प्रतिशतले घट्दा नेप्से मापन गर्ने सूचक ७२.०३ अंकले घटेर १३६३.६६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.४० अंकले घटेर २९३.३२ बिन्दुमा रोकिएको छ ।

सेयर कारोबार पनि जम्मा ९१ करोड ८० लाख ९७ हजार १४६ रुपैयाँमा कारोबार भएको छ । १२ वटा समूहको उपसूचकमध्ये सबैमा गिरावट आएको छ ।


क्लिकमान्डु