डिश होमले प्रशारण गर्ने टेलिभिजन च्यानलहरु मोवाइलमै हेर्न सकिने



काठमाडौं । डिशहोमबाट प्रशारण हुने टेलिभिजन च्यानलहरु अब मोवाइलबाटै हेर्न सकिने भएको छ । कम्पनीले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने एप ल्याएको हो ।

स्याटेलाइट टेलिभिनज सेवा प्रदायक डिशहोमले त्यसका लागि ‘डिशहोम गो’ नामक एप्लिकेसन बनाएको छ । यो एपमा गएर ग्राहकले इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न पाउने छन् ।

टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओभर दि टप (ओटीटी) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराइएको हो ।

मोवाइलमै टेलिभिजन हेर्न तपाईंले आफ्नो मोबाइलको प्ले स्टोरमा गएर डिश होम गो लाइभ ओटीटी एप डाउनलोड गर्नुपर्ने हुन्छ । त्यसपछि डीटीएच कनेक्सनको ग्राहक परिचय नम्बर प्रयोग गर्नुपर्छ ।

एप लगइन गरिसकेपछि सबैभन्दा तल ओटीटी बटन छ । उक्त बटन क्लिक गरेपछि रजिस्ट्रेसन, रिन्यू सब्स्कृप्सन, पासवर्ड रिसेट देख्नुहुनेछ ।

युजर नेम र पासवर्ड राखिसकेपछि तपाईंले ‘डिसहोम गो’ एपमा टेलिभिजन च्यानल हेर्न सक्नुहुने छ । इन्टरनेट कनेक्सन भएको बेला २० वटासम्म च्यान हेर्न सकिने छ ।


पुष्प दुलाल