‘जाग शक्ति’ ब्राण्डमा फलामे डण्डी ल्याएपछि जगदम्बा इन्टरप्राइजेजको बिक्री ४५%ले बढ्यो
काठमाडौं । ‘जाग शक्ति’को गोल्डको नाममा फलामे डण्डी बजारमा ल्याएपछि जगदम्बा इन्टरप्राइजेजको बिक्री ४५ प्रतिशतले बढेको छ ।
कम्पनीले सन् २०१७ मा ११ अर्ब ५५ करोड रुपैयाँको फलामे डण्डी बिक्री गरेको थियो । सन् २०१८ मा त्यो बढेर १६ अर्ब ७० करोड पुगेको थियो । सन् २०१९ मा १९ अर्ब ६० करोड रुपैयाँ बिक्री गरेको छ ।
कम्पनीले ‘जागशक्ति’ ब्राण्डमा फलामे डण्डी बजारमा ल्याएपछि बिक्री बढेको हो ।
कम्पनीले १५ अर्ब २९ करोड रुपैयाँ ऋण लिनको लागि रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाको लागि ३७ करोड ४१ लाख रुपैयाँ र दीर्घकालिन कर्जाको लागि १४ अर्ब ९२ करोड रुपैयाँको लागि रेटिङ गराएको छ ।
रेटिङ ऐजेन्सी इक्रा नेपालले दीर्घकालिन ऋणको लागि बीबी प्लस रेटिङ दिएको छ भने अल्पकालिन ऋणको लागि एफोर रेटिङ गरेको छ । कम्पनीले कच्चा पदार्थको आयातको लागि खोल्ने एलसीको लागि अल्पकालिन कर्जा लिने गर्छ ।
कम्पनीले पछिल्लो समय व्यवसाय विस्तार बढाएपनि निर्माण क्षेत्रमा देखिएको सुस्तताको कारण बिक्रीदरमा चुनौती थपिएको विश्लेषण रेटिङ ऐजेन्सीको छ । आगामी वर्षमा थपिएका फलामे डण्डी उद्योगको कारण चुनौती थपिने विश्लेषण रेटिङ ऐजेन्सीले गरेको छ ।
कम्पनीले भारत तथा भुटानमा समेत आफ्नो उत्पादनको निर्यात गरेको छ । कम्पनीका संचालन अनिल रुगंटा र विशाल पटवारी हुन् । जोसँग निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगको २ दशकको अनुभव छ ।