अमेरिकामा पनि फैलियो कोरोना भाइरसको महामारी, कुन राज्यमा कति विरामी भेटिए ?
बाल्टिमोर । संसारभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको कारण अमेरिकामा आइतबारसम्म २२ जनाको मृत्यू भएको छ भने ५ सय ६४ बढी संक्रमित भेटिएका छन् ।
आइतबार मात्रै ९ वटा राज्यमा कोरोनाको नयाँ विरामी फेला परेको यहास्थित स्थानीय समाचार संस्थाहरुले उल्लेख गरेका छन । राजधानी वासिंटन डिसीसहित अमेरिकामा कोरोना विरामी फैलिएको राज्यको संख्या ३५ पुगेको छ ।
अमेरिकाको सबैभन्दा धेरै महामारीको रुपमा भाईरस फैलिएको वासिंटन राज्यमा मात्रै आइतबारसम्म १९ जनाको मृत्यू भएको छ । आइतबार अबेर थप १ जनाको निधन भएसंगै मृत्यू हुनेको संख्या १९ पुगेको छ भने यो राज्यमा मात्रै १ सय ४० भन्दा बढी विरामी फेला परेको स्थानीय समाचार माध्धयमले जनाएका छन् । बाँकी २ फ्लोरिडा राज्यमा र एकको क्यालिफोर्निया राज्यमा निधन भएको छ ।
कोरोनाको संक्रमित बढ्दै गएपछि मेरिल्याण्ड सहित क्यालिफोर्निया, वासिंटन, न्यूयोर्कलगायतका राज्यले संकटकालको घोषणा गरेका छन् ।
संक्रमित भेटिएका राज्यहरुमा खानेपानी तथा दैनिक उपभोग्य बस्तुको खरिदको लागि स्थानीयहरु सुपरमार्केटहरुमा लाईन लागेका छन् भने कोरोना भाईरस विरुद्ध लड्नको लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले ८.३ विलियन डलरको राष्ट्रिय सहयोग कोषमा हस्ताक्षर गरेका छन् । उक्त रकम विरामीको उपचार र अमेरिकी जनाको रक्षाको लागि खर्च गरिने ट्रम्पले बताए ।
जब नर्सिङ होमका व्यक्तिमा देखियो भाइरस
अमेरिकाको सबैभन्दा धेरै व्यक्तिको निधन भएको वासिंटन राज्यको एक नर्सिङ्ग होम( नेपालको बृद्धाश्रम जस्तै) मा कोरोना भाईरस फैलिँदा १६ जना अस्पताल भर्ना भएका छन् । जसमध्ये अधिकांसको अवस्था चिन्ताजनक रहेको बुझिएको छ ।
वासिंटनको राजधानी सियाटलको क्रिकल्याण्ड यो भाईरसको कारण सबैभन्दा बढी प्रभावित भएको छ । उता क्यालिफोर्नियामा एक पानी जहाजमा सवार रहेकामध्ये २१ जनामा भाइरसको संकामा उपचारको लागि अस्पताल भर्ना गरिएको छ । एक महिना अगाडी सोही जहाजमा सवार एक व्यक्तिको हालै मात्र कोरोनाको कारण निधन भएको थियो ।
आइतबार मात्रै १९ राज्यमा भेटियो नयाँ विरामी
आइतबारमात्रै अमेरिकाभरको १९ राज्यमा नाया विरामी फेला परेका छन् । जसको कारण यहाँका स्वास्थ्य विभागले उच्च सतर्कता अपनाउन सर्वसाधरणमा अनुरोध गरेको छ । आइतबार फ्लोरिडा, साउथ क्यारोलाईना, नेभेडा, क्यालिफोर्निया, केन्टकी, मेरिल्याण्ड, पेन्सिलभेनिया, म्यसच्युसट लगायतका स्थानमा नयाँ विरामी भेटिएका हुन् ।
ट्याक्सी चालकमा देखियो कोरोना
अमेरिकाको धेरै नेपालीहरुको बसोबास रहेको न्यूयोर्क राज्यमा उबर, लिफ्ट जस्ता ट्याक्सी सेवा सञ्चालन गर्ने चालकमै भाईरस भेटिएपछि स्थानीयबासी थप त्रसित बनेका छन् । न्यूयोर्कमा उबर चलाउने ३० वर्षिय चालकमा भारसको पोजेटिभ रिपोर्टपछि अस्पताल भर्ना भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार न्यूयोर्कमा मात्रै १ सय ६ जना नयाँ विरामी फेला परेका छन् भने त्यहाँको एक क्षेत्रका १ हजार भन्दाधेरै व्यक्तिलाई घरैमा बस्न आग्रह गरिएको छ ।
न्यूयोर्कका मेयर बिल डे ब्लासियोले कोरोना भाइरसबाट संक्रमित बढ्दै गएपछि न्यूयोर्कमा संकटकालको घोषणा गरेका छन् । यद्यपी भाईरसको कारण कोही नेपाली प्रत्यक्ष प्रभावित भए नभएको औपचारीक रुपमा पुष्टि भईसकेको छैन ।
दुई सांसदमा भाईरसको आशंका
यसैबीच रिपब्लिकन पार्टीका एरिजोना राज्यबाट संसद बनेका पाउल गोसार र टेक्सास राज्यका टेड क्रुजमाथी कोरोनाको आशंका गरिएपछि उनीहरुले घरमै आराम गर्ने निणर्य गरेका छन् ।
संक्रमितहरुको सम्पर्कमा गएको प्रमाणित भएपछि दुबैजनाले १४ दिनसम्म घरमै आराम गर्ने निर्णय गरेका हुन् । उद्यपी दुबैजनामा भाइरसको कुनै लक्षण भने देखिएको छैन । उनीहरुको परिक्षणको रिपोर्ट आउन बाँकी छ ।
कुन राज्यमा कति विरामी भेटिए ?