सेयर बजारमा थपियो साढे ३ करोड बढी सेयर
काठमाडौं । गत साता सेयर बजारमा ३ करोड ५९ लाख ७ हजार ९७ कित्ता सेयर थपिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यो साता सेयर बजारमा ७ वटा कम्पनीमध्ये एउटा कम्पनीको हकप्रद र बाँकी कम्पनीको बोसन सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार एनएमबी लघुवित्त वित्तीय संस्थाको २४ लाख ३० हजार ९३ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ भने बाँकी ६ वटा कम्पनीको बोनस सेयर रहेको छ ।
जसमा ३ वटा वाणिज्य बैंक, २ वटा विसका बैंक र एउटा वित्तीय संस्था रहेको छ । नेप्सेका अनुसार सिद्धार्थ बैंकको ९० लाख १ हजार ६२६ कित्ता, नबिल बैंकको १ करोड ८ लाख ५६ हजार ५२० कित्ता, लक्ष्मी बैंकको ८९ लाख २० हजार ५०८ कित्ता, ज्योती विकास बैंकको ३९ लाख ५२ हजार ५४९ कित्ता, कन्चन डेभलपमेन्ट बैंकको ५ लाख ३१ हजार ३०० र सबैको लघुवित्त वित्तीय संस्थाको २ लाख १४ हजार ५०० कित्ता बोनस सेयर सूचिकृत भएको छ ।