यस्ता छन् मन्त्रिपरिषद्का ११ निर्णय (निर्णयसहित)



काठमाडौं । गत आइतबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न विषयमा ११ वटा निर्णय गरेको छ । बैठकले विभिन्न ७ वटा मन्त्रालय देखि राजदुत नियुक्ती सम्मका ११ वटा निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

मन्त्री खतिवडाले निर्णय सार्वजनिक गर्दै आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तःशुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने विषयमा निर्णय भएको बताए ।

खाद्य प्रविधि तथा गुणनियन्त्रण विभाग र बंगलादेश स्टयार्डड एण्ड टेस्टिङ इन्स्टिच्यूसन बंगलादेशबीच हुने समझदारी पत्रमा नेपालका तर्फबाट हस्ताक्षर गर्न विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय भएको छ ।

टे«निङ कोअपरेशन अफ बंगलादेश र साल्ट टे«डिङ कर्पोरेशन बीच हुने समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय भएको छ ।

अर्को निर्णयमा नेपाल र बंगलादेशकाबीचमा हुने प्रिफ्रेन्सियल ट्रेडिङ एग्रिमेन्ट को भागको रूपमा रहने रिक्वोस्ट एण्ड अफर लिस्टमा छलफल गर्ने वस्तुहरूको सूची तयार गर्न र सो सूची बंगलादेश पक्षलाई उपलब्ध गराउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याललाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको छ ।

परराष्ट्र मन्त्रालय कलकत्तास्थित नेपाली महावाणिज्यदूतमा ईश्वरराज पौडेललाई नियुक्ति गर्ने निर्णय भएको छ ।

परराष्ट्र मन्त्रालय जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको छ ।

चीन सरकारको सहयोगमा निर्माण हुने चक्रपथ विस्तार दोश्रो चरणको परियोजनाका लागि सडक विभाग, काठमाडौं चक्रपथ सुधार योजनाका योजना प्रमुखलाई प्रारम्भिक कारबाई चलाउने अधिकारी तोक्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

वन तथा वातावरण मन्त्रालय सुपर मादी जलविद्युत आयोजनाको पावरहाउस, हेडवक्र्स, पेनस्टक र पहुँचमार्ग लगायतका संरचनाहरु निर्माण गर्नका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको मादी गाँउपालिका–२ मा रहेको कूल ६.९५ हेक्टर सरकारी वन प्रयोग गर्न र रुखविरुवाहरु हटाउन समेत स्वीकृति दिने निर्णय भएको छ ।

यस्तै नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्ने सम्बन्धी कार्यविधि (पहिलो संशोधन), २०७६ स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष मालिका गाउँपालिका ६, गुल्मीका राजेन्द्रबहादुर अर्याललाई २ वर्षको लागि नियुक्त गर्ने निर्णय भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालनमा रहेका आयोजनाहरुको लागि राजपत्रांकित पदका पाँच वटा अस्थायी दरवन्दी स्वीकृत गर्ने पनि निर्णय भएको छ ।


क्लिकमान्डु