अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने कम्पनीले धरौटीमा नगदसँगै बैंक ग्यारेन्टी राख्न पाउने



काठमाडौं । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने नेपाली कम्पनीहरुले अब धरौटीमा नगदसँगै बैंक ग्यारेन्टी पनि राख्न पाउने भएका छन् ।

गत साता बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको कार्यविधिमा उक्त व्यवस्था गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहीबारको पत्रकार सम्मेलनमा उक्त जानकारी दिए ।

उनका अनुसार नेपालका निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत दिने सम्बन्धि कार्यविधि २०७६ स्वीकृत गरिएको छ । जसमा धरौटीको सम्बन्धमा नगद वा बैंक ग्यारेन्टी राख्न मिल्ने हुने व्यवस्था गरिएको छ ।

यसअघि राष्ट्रिय हवाई नीति २०७६ मा अन्तर्राष्ट्रिय वायुसेवाका लागि कम्तीमा ५० करोड रुपैयाँ चुक्तापुँजी भएको हुनुपर्ने र एओसी प्राप्त गर्नुपर्ने अवस्थामा चुक्तापुँजी सहित कम्तीमा २ अर्ब रुपैयाँ सञ्चालन पुँजी हुनुपर्ने व्यवस्था गरिएको थियो ।


क्लिकमान्डु