के कुखुराको मासु र अण्डा खाँदा कोरोना भाइरसको संक्रमण हुन्छ ?



काठमाडौं । कोरोना भाइरस यतिबेला विश्वव्यापी रुपमा महामारीकारुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म ८१ देशमा यसको प्रभाव फैलिसकेको छ ।

यसको उपचारभन्दा पनि सबैभन्दा राम्रो सजगता अपनाउनु नै रोकथामको भरपर्दो विकल्प हो । नेपालमा भने हालसम्म १ जनामा लक्षण देखिए पनि निको भइसकेको छ । नेपालसँगै भियतनाम, श्रीलंका र कम्बोडियामा यसको लक्षण देखिए पनि निको भइसकेको अवस्था छ ।

कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने ? यी हुन् १३ उपाय

सबैभन्दा बढी चीन प्रभावित भएको छ । चीनमा हालसम्म ८० हजार २८२ संक्रमित फेला परिसकेका छन् जसमध्ये २ हजार ९८१ को मृत्यु भइसकेको छ । दोस्रो नम्बरमा दक्षिण कोरियामा ५ हजार ६२१, इटलीमा २ हजार ५०२, इरानमा २ हजार ३३६ जनामा संक्रमण देखिइसकेको छ ।

साथै जापान, जर्मनी, फ्रान्स, स्पेन, अमेरिका, सिंगापुर, हङकङ, स्वीट्जरल्याण्डलगायतका देशलगायत ८१ वटा देशमा यसको संक्रमण फैलिसकेको छ । डाक्टरहरुले माछा मासु नखान सुझाब दिइरहेका छन् ।

कोरोनाबारे केही जानकारी

· कोरोना भाइरस धेरै जसो एक अर्कोलाई छुँदा फैलिन्छ ।

· कोरोना भाइरस पत्ता लागिसकेपछि उनीहरुलाई सानो सानो ग्रुपमा छुट्टै राखिन्छ ।

· कोरोना भाइरसले बालबालिकालाई कम प्रभाव पार्छ ।

· जो मानिसको उमेर ५८ वर्षभन्दा बढी हुन्छ, त्यस्ता वृद्धवृद्धामा बढी संक्रमण भइएको पाइएको छ ।

· ग्रामीण क्षेत्रमा कोरोना भाइरस फैलने आशंका कम छ । यो एक सहरी बिमारी हो ।

· हरेक रुखाखोकी कोरोना होइन ।

· मौसम परिवर्तन हुँदा कोरोनामा नियन्त्रण हुन सक्छ ।

· कोरोना भाइरसको कुनै निश्चित उपचार छैन । तर यसका लक्षण देख्न वित्तिकै डाक्टरकहाँ जानुहोस् ।

· चिकन खाँदा कोरोना भाइरस फैलिन्छ भन्ने कुरा साँचो होइन । नेपालमा जसरी खाना पकाइन्छ यसले भाइरस बाच्ने सम्भावना कम हुन्छ । चिकन वा अन्डा खाँदा केही फरक पर्दैन ।

· गर्मी शुरु भएपछि कोरोना भाइरसको प्रभाव कम हुँदै जान्छ ।

· यसबाट बच्नका लागि सर्जिकल मास्कको प्रयोग गरिरहनु होस् ।


पुष्प दुलाल