ग्लोबल टपअप मुद्दती निक्षेप योजना



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्दती निक्षेप योजना संचालनमा ल्याएको छ । यस योजनामा न्यूनतम १० हजारमा सहभागिता जनाउन सकिने छ ।

जस अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताले ६ महिना देखि ६० महिनाको अवधि छनौट गरी वार्षिक ९.७५  प्रतिशतसम्म व्याज प्राप्त गर्न सक्नेछन् । साथैयस योजनामा निक्षेपकर्ताले इन्टरनेट बैंकिंग वा मोबाइल बैंकिङ्ग मार्फत रकम ट्रान्सफर गरी उक्त  समयावधीभित्र मौज्दात रकम थप गर्न सक्ने सुविधा समेत रहेकोछ ।


क्लिकमान्डु