पर्यटन क्षेत्रमा पारेको असरबारे अध्ययन गर्न ‘एक्सन टिम’ बनाइने, ३ दिनको समय



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराइले कोरोना भाइरसले पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशन दिएका छन् ।

कोरोना भाइरसले पर्यटन उद्योगमा पार्न सक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग बुधबार मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराइले निर्देशन दिदैं कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखि पठाउन समेत निर्देशन दिए ।

आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने मन्त्री भट्टराईले बताए ।

मन्त्री भट्टराइले पर्यटन क्षेत्रसँग आवद्ध सबै संघ संस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे ३ दिनभित्र सुझाव दिन निर्देशन ।

साथै, विमानस्थलमा यसबारे सजगता बढाइएको जानकारी गराउँदै मन्त्री भट्टराइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक पर्यटक धेरै आवातजावत हुने काठमाडांै बाहिरका विमानस्थलमा स्वास्थ्य मन्त्रालयसँग समन्वयमा हेल्थ डेस्क राख्ने प्रक्रिया अघि बढाइएको बताए ।

यस्तो अवस्थामा प्रशस्त, सूचना लिने, विश्लेषण गर्ने र संयमताका साथ निर्णय लिनुपर्ने मन्त्री भट्टराइको भनाइ छ ।

पर्यटन सचिव केदारबाबु अधिकारीले कोरोनाभाइरसको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएकाथिए ।

बोर्डमा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी, नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, वायुसेवा संचालक संघ, होटल संघ, टान, नाट्टा, हानलगायतका संस्थाका प्रमुख तथा प्रतिनिधीले पर्यटन उद्योगमा परेको असरबारे जानकारी गराएका थिए ।

व्यवसायीहरुले पर्यटन क्षेत्रलाई बचाइ राख्न बंैकको ब्याजदरलगायतका विभिन्न विषयमा सहुलियत दिनुपर्ने समेत माग मगरेका छन् ।


क्लिकमान्डु