डा. खतिवडा पुनः अर्थमन्त्री, सेयर बजारमा भारी गिरावट



काठमाडौं । डा. युवराज खतिवडालाई पुनः दोस्रो पटक एउटै सरकारको अर्थमन्त्री बन्दैछन् । यता सेयर लगानीकर्ताहरुले मन्त्री खतिवडालाई दोस्रो कार्यकालको लागि अस्विकार गरेको देखिएको छ । यस अघि पनि २०७४ साल फागुन १४ गते अर्थमन्त्रीको पदभार सम्हालेको दिन सेयर बजारमा १५.७८ अंकको गिरावट आएर परिसूचक १३५८.९५ बिन्दुमा रोकिएको थियो ।

अहिले पनि दोस्रो कार्यकालको लागि अर्थमन्त्री बनेकै दिन सेयर बजारमा ६८.४७ अंकले घटेर १४४१.२० बिन्दुमा रोकिएको छ । लगानीकर्ताले यो गिरावटले अर्थमन्त्री खतिवडालाई अस्विकार गरेको तर्क गर्न थालेका छन् । उनी पहिलो पटक मन्त्री हुँदा पनि बजारमा गिरावट आएको थियो । अहिले पनि भारी गिरावट आएको छ । अर्थमन्त्री डा. खतिवडा सेयर बजारको विषयमा अधिकाशं समय नकारात्मक देखिदै आएका छन् । जसको असर बजारमा देखिएको लगानीकर्ताको तर्क छ ।

१७४ कम्पनी ६७ लाख ७१ हजार १४१ कित्ता सेयर २ अर्ब ९० करोड ८४ लाख ७२ हजार ६०३ रुपैयाँको सेयर कारोबार भएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको २६ करोड ६६ लाख ३२ हजार ८८१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः एनएमबी बैंक र हिमालयन ड्रिस्टिलरी रहेका छन् ।

सामुदायिक लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, लक्ष्मी भ्यालु फण्ड-१, स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले कमाउँदा नेशनल माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, स्वदेशी लघुवित्त वित्तीय संस्था,कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको कारोबारमा नकारात्मक सर्किट नै लागेको छ । यो सहित स्पर्श लघुवित्त वित्तीय संस्था, सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु