एनएमबि बैंकले ५ वर्षसम्म ब्याज नबढाउने घरकर्जा योजना ल्यायो, ब्याजदर ११ %
काठमाडौं । एनएमबि बैंकले ५ वर्षसम्म कर्जाको ब्याजदर नबढाउने घरकर्जाको योजना ल्याएको छ । योजनामा ऋणीको ब्याजदर ५ सम्म स्थिर हुने छ ।
११ प्रतिशत ब्याजदरमा दिने घरकर्जा २५ वर्षसम्मको लागि पाइने छ ।
ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दैै ब्याजदरमा निरन्तर भएको उत्तार चढावले उत्पन्न भएको मानसिक र वित्तीय दवाव चिर्न वित्तीय क्षेत्रमै अद्वितीय र पृथक प्रकारको कर्जा योजना ल्याएका छौं बंैकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।