राष्ट्र बैंकले कडाइ गरेपछि लघुवित्तको सेयर मूल्य खस्कियो, कुनको कति घट्यो ? (सूचिसहित)



काठमाडौं । नेपाल राष्ट्रले नीतिगत व्यवस्थामा केही हेरफेर गर्दा लघुवित्त संस्थाका लगानीकर्ताले सेयर बजारमा गुमाएका छन् ।

सोमबार साँझ राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै २० प्रतिशतभन्दा बढी लाभांश दिने संस्थाहरुले ५० प्रतिशत रकम २ वटा फरक कोषमा राख्नुपर्ने व्यवस्था गरेको थियो ।

जसको असर लगानीकर्ताको मनोबलमा पर्न जाँदा सेयर बजारको माइक्रोफाइनान्स समूहको उपसमूहमा बुधबार भारी गिरावट आएको छ । मंगलबार माइक्रोफाइनान्स समूहको परिसूचक ४.६१ प्रतिशतले घटेको हो ।

मंगलबार कारोबारमा आएका १८१ कम्पनीमध्ये ३२ वटा लघुवित्तको सेयर मूल्य १ प्रतिशतदेखि १० प्रतिशतसम्म घटेको छ ।

राष्ट्र बैंकले लघुवित्त संस्थाको लाभांशमा कडाइ गरेसँगै मंगलबार नेप्सेमा सबैभन्दा बढी गुमाउने लगानीकर्ताको सूचीमा लघुवित्त कम्पनीका लगानीकर्ता छन् ।

जसमा सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । संस्थाको आज सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

यस्तै, एनएमबि माइक्रोफाइनान्स ९.९९ प्रतिशत, स्प्रर्स लघुवित्त वित्तीय संस्था ९.९५ प्रतिशत, सामूदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.९ प्रतिशत र गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.३४ प्रतिशतले गुमाएका छन् ।

लघुवित्त कम्पनीहरुको सेयर मूल्य बजारमा अत्यधिक बढी थियो । ग्रामीण भेगका जनताको आर्थिक जीवनमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले स्थापना भएका लघुवित्त कम्पनीहरुले गरीबसँग धेरैे ब्याज लिएर सेयरधनीलाई अत्यधिक लाभांश वितरण गर्छन् भन्ने गुनासो बढेपछि राष्ट्र बैंकले उनीहरुले वितरण गर्ने लाभांशमा नै अंकुश लगाएको हो ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस सेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस सेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने छ ।’

राष्ट्र बैंकले सेयर लगानीकर्तालाई दिने लाभांशमा नै यसरी कडाइ गरेपछि लगानीकर्ताको मनोवल खस्किएर सेयर कारोबारमा नकारात्मक प्रभाव परेको हो ।

प्रस्तावित लाभांश रकम ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेसँगै सो दिन नेप्सेमा सेयर कारोबार गरेका १८१ कम्पनीमध्येमा सबैभन्दा बढी गुमाउने १० कम्पनीहरुको सुचीमा सबै लघुवित्तका लगानीकर्ता छन् ।

जसमा स्वालम्वन लघुवित्तको ८.०८ प्रतिशत, छिमेक लघुवित्तको ८.०२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ७.८६ प्रतिशत, विजया लघुवित्तको ७.१३ प्रतिशत र आशा लघुवित्तको ७.०५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

कुन लघुवित्तको कति घट्यो ?

NMBMF 910 -9.9901
SPARS 923 -9.9512
GLBSL 681 -8.3446
SWBBL 1,171.00 -8.0848
GILB 1,359.00 -7.8644
SLBSL 832 -7.5556
CBBL 1,110.00 -7.1906
VLBS 1,042.00 -7.1301
ALBSL 725 -7.0513
SMATA 751 -6.4757
JSLBB 1,660.00 -6.4262
NUBL 1,019.00 -6.3419
MLBBL 809 -6.1485
SMFBS 1,069.00 -5.815
SLBBL 866 -5.6645
SABSL 852 -5.3333
FMDBL 558 -4.7782
LLBS 1,110.00 -4.475
FOWAD 1,626.00 -4.2403
GMFBS 882 -4.2345
CLBSL 1,224.00 -4.2254
WOMI 1,132.00 -4.149
NADEP 700 -4.1096
MSMBS 820 -3.9813
RMDC 760 -3.0612
DDBL 926 -2.935
SKBBL 1,190.00 -2.8571
KMCDB 960 -2.5381
MERO 691 -2.4011
GGBSL 855 -2.0619
NMFBS 1,930.00 -2.0305
NLBBL 814 -1.2136


पुष्प दुलाल