सेयर बजारमा दोहोरो अंकको सुधार, माइक्रोफाइनान्सका लगानीकर्ताले धेरै गुमाए



काठमाडौं । कारोबारको सुरुमा निकै उतार चढाव रहेको सेयर बजारमा अन्तिम समयमा दोहोरो अंकको सुधार देखिएको छ । कारोबारको सुरुमा निकै उतार चढाव रहेको थियो भने केही समयमा ब्रोकरको टिएसएस प्रणालीमा समस्या देखिएको भन्दै सिस्टमले काम गर्न सकेको थिएन ।

सिस्टमले काम गर्न नसकेपछि बजार झण्डै एक घन्टाको लागि बन्द भएको थियो । नेप्सेको अनलाइन सिस्टममा समस्या देखिनु अघि बजारमा गिरावट रहेपछि अनलाइन मा सुधार आएपछि केही सुधार देखिएको छ । मंगलबार ५५ मिनेटको लागि समय पनि थपिएको थियो । त्यो समय लगानीकर्ताको लागि हितकर बनेको छ ।

नेप्से मापन गर्ने सूचक १४.३७ अंकले बढेर परिसूचक १५०९.६७ बिन्दुमा रोकिएको छ । १८१ कम्पनीको ८२ लाख ११ हजार २९८ कित्ता सेयर ३ अर्ब ८५ करोड १६ लाख २२ हजार ९९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको २२.६३, डेभलपमेन्ट बैंकको १९.९५, निर्जीबन बीमा कम्पनी १६५.१८, उत्पादन तथा प्रशोधन ३६.१२, जीवन बीमा समूहको उपसूचक १८९.३ अंकले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचकमा ११६.१४ अंकको गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । नेपाल लाइफको ४० करोड ५५ लाख ८ हजार ५१३ रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा एनएमबी बैंक, एनआईसी एसिया बैंक रहेका छन् ।

मञ्जु श्री फाइनान्स, नेपाल हाईड्रो डेभलपर्स, यूनइटेड इन्स्योरेन्स, नेको इन्स्यारेन्सका लगानीकर्ताले कमाउँदा स्वदेशी लघुवित्त वित्तीय संस्थाको नकारात्मक सर्किट लागेको छ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु