कारोबार सुरु भएको २० मिनेटमै ३६ अंकको गिरावट



काठमाडौं । सेयर बजारमा कारोबार सुरुभए देखि नै गिरावट तर्फ लागेको छ । कारोबार सुरु भएको २० मिनेटको अवधिमा नेप्से मापन गर्ने सूचक ३६.३३ अंकले घटेर १५५०.०३ बिन्दुमा रोकिएको छ ।

यो समाचार तयार पार्दासम्म ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.२३ अंकले घटेर ३३२.४० बिन्दुमा रोकिएको छ ।

१३० कम्पनीको ६ लाख ६० हजार २५० कित्ता सेयर २९ करोड ५१ लाख ३९ हजार ७८७ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबार सुरु भएको २० मिनेटसम्म सबै समूहको उपसूचकमा निकै गिरावट देखिएको छ ।


क्लिकमान्डु