नेपाल भ्रमण वर्ष २०२० स्थगित



काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले चीनमा फैलिएको कोरोना भाइरसको बढ्दो सक्रमणलाई ध्यानमा राख्दै नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठकमा भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए । बैठकमा नेपाल भ्रमण वर्ष २०२० लाई स्थगित गरी सन् २०२२ लाई भ्रमण वर्षका रुपमा मनाउने प्रस्ताव गरेका थिए ।

नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यले आफूलाई यसबारेमा केही जानकारी नभएको बताए ।

‘मलाई अहिलेसम्म कुनै जानकारी आएको छैन, कुन कारणले किन स्थगित भएको हो वा होइन बुझ्न सकेको छैन,’ उनले भने ।


क्लिकमान्डु