कोरोनाकोले चिनियाँ पर्यटक घटे पनि सम्रगमा पर्यटकको संख्या बढ्यो, कहाँबाट कति आए ? (तथ्यांकसहित)



काठमाडौं । चीनमा फैलिएको कोरोना यतिबेला विश्वव्यापी सन्त्रास बनेको छ । जसका कारण विश्वको अर्थतन्त्रमा नराम्रौ प्रभाव परेको छ ।

कोरोनाको असर नेपाली पर्यटन क्षेत्रमा पनि देखिएको छ । विश्वमा सबैभन्दा पर्यटक घुम्न निस्कनेमध्येको चीनबाट यतिबेला आउटमाउन्ड टुरिस्टको संख्यामा ह्वात्तै कमी आएको छ ।

कोरोना भाइरसले चिनियाँ पर्यटकको संख्यामा कमी आए पनि समग्रमा नेपाल भित्रने पर्यटकको संख्यामा गत वर्षको तुलनामा यो वर्ष पर्यटकको संख्या ६ हजार ७२८ ले बढेको छ ।

विभागको तथ्यांक अनुसार सन् २०१९ मा पहिलो २ महिनामा १ लाख ४३ हजार ४७ जना विदेशी पर्यटक नेपाल आएकामा सन् २०२० को पहिलो २ महिनामा १ लाख ४९ हजार ७७५ जना विदेशी पर्यटक नेपाल आएका छन् ।

चिनियाँ पर्यटक घटे

अध्यागमन विभागका अनुसार सन् २०२० को फेब्रुअरी महिनामा चिनियाँ पर्यटक जम्मा ३ हजार २८५ पर्यटक नेपाल आएका छन् । जबकी सन् २०१९ को फेब्रुअरी महिनामा मात्रै चीनबाट १४ हजार १६१ पर्यटक नेपाल आएका थिए ।

गत जनवरी महिनामा चिनियाँ पर्यटकको संख्या सन्तोषजनक भए पनि फेब्रुअरी महिनामा भने ह्वात्तै घटेको हो ।

विभागका अनुसार जनवरीको तुलनामा फेब्रअुरीमा कुल पर्यटकको संख्या भने बढेको छ । जनवरी महिनामा कुल ६५ हजार ९८३ विदेशी पर्यटक नेपाल आएकोमा फेब्रअुरी महिनामा ७७ हजार ६४ जना पर्यटक नेपाल आएका छन् ।

त्यस्तै सन् २०२० को जनवरी महिनामा १२ हजार १६९ चिनियाँ पर्यटक नेपाल आएकामा सन् २०१९ को जनवरी महिनामा १२ हजार २०२ चिनियाँ पर्यटक नेपाल आएका थिए ।

म्यानमार र थाइल्याण्डका पर्यटक बढे

कोरोना भाइरसले चिनियाा पर्यटकको संख्या घटाए पनि म्यानमार र थाइल्यान्डका पर्यटकको संख्या भने बढेको छ । जनवरी महिनामा म्यानमारबाट ५८ जना पर्यटक नेपाल आएकोमा फेब्रअुरी महिनामा भने ५ हजार ३५३ जना पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को जनवरीमा म्यानमारबाट ३ हजार ६०२ जना पर्यटक नेपाल आएका थिए भने सन् २०१९ को फेब्रअरी महिनामा ११४ जना मात्रै नेपाल आएका थिए ।

विभागका अनुसार म्यानमारसँगै थाइल्याण्डका पर्यटकहरु पनि बढेका छन् । गत जनवरी महिनामा थाइल्याण्डबाट कुल ४०४ जना पर्यटक नेपाल आएकामा फेब्रुअरी महिनामा यो संख्या बढेर ५ हजार ८२० पुगेको छ ।

त्यस्तै थाइल्याण्डबाट सन् २०१९ को जनवरी महिनामा ४ हजार ३४९ जना पर्यटक नेपाल आएकोमा सोही वर्षको फेब्रुअरी महिनामा भने ८७२ जना पर्यटक नेपाल आएका थिए ।

विभाग भन्छ- धार्मिक पर्यटक बढे

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार म्यानमार र थाइल्याण्डमा बौद्ध धर्मालम्बीहरु अत्यधिक रहेकाले लुम्बिनीमा आउने पर्यटक बढेको बताए । उनका अनुसार लुम्बिनीमा दर्शन गर्न आउने धार्मिक पर्यटक बढ्दा ती देशका पर्यटकको संख्यामा वृद्धि भएको हो ।

कुन देशबाट कति पर्यटक नेपाल भित्रिए ?

 


क्लिकमान्डु