सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित



काठमाडौं ।  सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बृद्घि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिबृद्घि कार्यक्रमहरु संचालन गर्दै आए बापत सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था एफवनसफ्ट इन्टरनेशनलका का प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बिच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे ।

१५२ एटिएम, १३० शाखा, २००० भन्दा बढि मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्ट मार्फत ६ लाख भन्दा बढि ग्राहकहरुलाई स्वदेश तथा बिदेशमा समेत सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु