लगानीकर्ताको ध्यान नाफा बुक गर्ने तर्फ, कारोबार रकममा नयाँ रेकर्ड



काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नाफा बुक गर्ने तर्फ लगानीकर्ताको ध्यान गएको छ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि कारोबार रकममा भने नयाँ रेकर्ड कायम भएको छ ।

बजार मापान गर्ने सूचक ४०.८२ अंकले घटेर १५९१.३६ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.०४ अंकले घटेर ३४०.६४ बिन्दुमा रोकिएको छ ।

१८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २१७ कित्ता सेयर ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ रुपैयाँको सेयर किनबेच भएको छ । आइतबारको कारोबारमा वित्त समूहको उपसूचकमा ४.२५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा एनएमबी बैंक अग्रस्थानमा रहेको छ । एनएमबी बैंकको २६ करोड ६३ लाख ७४ हजार १९७ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।

मितेरी डेभलपमेन्ट बैंक, मञ्जु श्री फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने बोटलर्स नेपाल (तराई), स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु